अर्घाखाँचीको भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ जना भन्दा बढी घाइते

दाङ समाचार
दाङ समाचार १२ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

दाङ – अर्घाखाँचीको भुवनपाटामा बेलुका भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। १५ जना भन्दा बढी घाइते भएका छन । शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ । अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्