पटक–पटक अवसर दिँदा पनि पूर्व राजा शाहले सत्ताको दुरुपयोग गरे – कांग्रेसका नेता कोइराला

दाङ समाचार
दाङ समाचार १७ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक–पटक अवसर दिँदासमेत सत्ताको दुरुपयोग गरेको बताएका छन्।सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताए ।

व्यवस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उनको भनाइ छ। उनले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘राजालाई हामीले पटक–पटक मौका दियौँ, अवसर दियौँ उसले दुरुपयोग गर्‍यो।

अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन? त्यसैले अब राजा हामीलाई चाहिँदैन। हिन्दुराष्ट्रको पक्षमा चाहिँ म छु।’ उनले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्