मृतकका परिवारलाई विमा दावी रकम हस्तान्तरण

दाङ समाचार
दाङ समाचार १८ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका–३ नारायणपुर निवासी टुङकली डाँगीलाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड वनगाउँ शाखाले विमा दावी रकम हस्तान्तरण गरेको छ।

मेरो नारायणी महिला केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आएकी डाँगीका श्रीमान लिल बहादूर डाँगी क्षेत्रीको २०८१ षौष १६ गते दुर्घटनामा परि निधन भएपछि काजकिरिया रकम स्वरुप २१ हजार रुपैया हस्तान्तरण गरिएको हो।

डाँगी २०७४ सालदेखि समूहमा आबद्ध भई लघुवित्तीय कारोबार गरिरहेकी थिइन्। विमा दावी रकम हस्तान्तरण गरिएको विषयमा जानकारी दिँदै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था वनगाउँ दाङ शाखाका प्रबन्धक सन्तोष पोखरेलले संस्थाले सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराइरहेको बताउनुभयो ।

मृतककी श्रीमतीले दु:ख पर्दा सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिनु भएको छ । हाल मेरो माइक्रोफाइनान्सले देशभरका ६४ जिल्लामा १ सय ४९ शाखामार्फत १ लाख ८० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्