दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले चैते दशैंको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामना व्यक्त गर्नु भएको छ ।
चैते दशैंको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै पाण्डेले विविधता र सांस्कृतिक सम्पन्नताले भरिएको नेपाली समाजमा यस्ता चाडपर्वले आपसी मेलमिलाप, एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आफुलाई रहेको बताउनु भएको छ ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चैते दशैंले सबै नेपालीहरूमा सकारात्मक ऊर्जा, आत्मबल र सहिष्णुता जगाउने उल्लेख गर्दै देशको समुन्नति, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायको प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने आजको आवश्यकता भएको सभापति पाण्डेको ठहर छ ।
विभिन्न चुनौतीहरूको सन्दर्भमा पनि नेपाली जनताले धैर्य, अनुशासन र एकताको भावनासाथ अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यस्तो पर्वले जनमानसमा आशा र उत्साह थप्ने विश्वास व्यक्त गर्नु भयो ।
चैते दशैं नेपाली हिन्दू धर्मावलम्बीहरूद्वारा मनाइने परम्परागत पर्व हो, जसलाई विशेषगरी दुर्गा पूजाको रूपमा मनाइन्छ। यो पर्व वसन्त ऋतुमा पर्ने भएकाले यसको धार्मिक र प्राकृतिक महत्त्व दुवै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्