हुम्लाको चंखेलीमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

दाङ – हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

स्काभेटर मुगु छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गएराति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य छ । अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्काभेटर सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनास्थल मिमी प्रहरी चौकीभन्दा करिब १ घण्टा र मेल्छाम प्रहरी चौकीभन्दा करिब ३० मिनेटको दुरीमा पर्दछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्