देश नै आन्दोलनमय: आजबाट निजामती कर्मचारीहरूको पनि आन्दोलन शुरु

दाङ समाचार
दाङ समाचार ५ बैशाख २०८२, शुक्रबार
1 Min Read
Aa

दाङ – निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

२०८१ को अन्तिम दिन संयुक्त पत्रकार सम्मेदन गरेर आन्दोलनको चेतावनी दिएका कर्मचारी संगठनहरूले आजदेखि आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् । कर्मचारीहरूले संयुक्त ट्रेड यूनियनमार्फत आन्दोलन घोषणा गरेका छन् । जसअन्तर्गत आज शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ । यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने उनीहरुको तयारी छ ।

कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्