दाङ – काठमाडौंबाट हेटौंडा जादै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीय मानुसी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलम देवी राउतको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाकारी दिए ।
मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा दुर्घटना भएको हो । मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्