दाङ – गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका -६ निवासी वर्ष ३३ का खगेश्वर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यो घटना गएराती करिब ११ बजेको हो ।
रावत केही दिन यता अस्वस्थ थिए । उनलाई उपचारका लागि रावतका भिनाजु उमेश डाँगीले दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगेर गएका थिए । अस्पतालको तीन दिन बसाईको दिन साँझपख रावत शौचालय जान्छु भन्दै निस्केका थिए ।
लामो समयसम्म साला सम्पर्क बिहिन हुँदा भिनाजु डाँगीले घरपरिवारलाई खबर गरेका थिए । मृतक रावतका आफन्तहरु खोजि गर्न देउखुरीबाट घोराही जाने क्रममा लमही – घोराही सडक खण्डको चौपट्टा ओरालोमा गाडीले ठक्कर दिएर मृत अवस्थामा भेटिएको उनले बताए ।
मृतकका भिनाजु डाँगीले दिएको जानकारी अनुसार रावतको घटनास्थलमै ज्यान गएको थियो । मृतक रावतलाई ठक्कर दिने गाडी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । शवलाई प्रहरीले परिवारजनलाई जिम्मा लगाई सकेको छ । ठक्कर दिने गाडीको पहिचानका लागि प्रहरीले निगरानी गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्