दाङ – हिज वैशाख १३ गते दिउँसो लमही स्थित अर्जुन खोलामा नुहाउन गएका बेला बेपत्ता भएका लमही नगरपालिका-५ निवासी २२ वर्षिय चेतराज चौधरीको शव आज बिहान ९ बजेको समयमा भेटिएको छ । हिज अबेर सम्म फेला नपरेपछि सुरक्षाकर्मीको टोलीले आज बिहानै देखि उनको खोजीकार्य सुरु गरेको थियो ।
चेतराज वैशाख १३ गते दिउँसो साथीहरुसंग नुहाउन भनेर अर्जुन खोलामा गएका थिए । नुहाउने क्रममा उनि डुबेको साथीहरुले प्रहरीलाई बताएका छन । उनि खोलामा डुबेको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेर नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा खोजि कार्य सुरु गरेको थियो तर राति अबेरसम्म प्रहरी सफलता हात पार्न नसकेपछि फर्किएको थियो ।
आज बिहान मात्र चेतराज चौधरीको शव भेटिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख सई धर्म खड्काले जानकारी दिनु भएको छ । अहिले उनको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको र सबै कानूनी प्रक्रिया पुरा गरेर आफन्तलाई जिम्मा लगाइने सई खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्