दाङ – शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ । आइतबार नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीले आन्दोलनकारीलाई लक्षित गर्दै हानेको पानीको फोहोरा पत्रकार कार्कीको आँखामा लागेको थियो । त्यसपछि उनलाई उपचारका लागि तिलगंगा आँखा अस्पताल लगिएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको दुवै आँखामा भित्रैसम्म गम्भीर चोट लागेको छ । चिकित्सकका अनुसार एउटा आँखाको अवस्था भने ‘क्रिटिकल’ छ । उनको आँखाको पर्दा च्यातिएको छ । अहिले च्यातिएको पर्दा सिलाउने काम भइरहेको र भोलिसम्म आँखाको अवस्थाबारे थाहा हुने चिकित्सकले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्