दाङ – ट्याक्टर दुर्घटना हुँदा रोल्पामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–३ बागमारा स्थित दुई खोली–चुनवाङ भित्री सडकखण्डमा गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक दाङकाे घाेराही उपमहानगरपालिका वडा नं. ४ कुईरेपानी निवासी अन्दाजी २९ वर्षीय खिमबहादुर सुनार रहेकाे रोल्पा प्रहरीले जनाएको छ। आइतबार राति दुई खोलीबाट बागमारा तर्फ जाँदै गरेकाे लु.प्र.०२-००१त ८९ नम्बरको ट्याक्टर करिब साढे नाै बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो।
दुर्घटनाभए लगत्तै स्थानिय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको समयमा ट्याक्टरमा चालक बाहेक अन्य कोही सवार नरहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। स्रोत – हाम्रो पहुँच

प्रतिक्रिया दिनुहोस्