दाङ – गढवा गाउँपालिका-६ मा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै नवनिर्मित भवनको भव्य उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा सहकारी क्षेत्रका अगुवाहरू, स्थानीय बासिन्दा, संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो ।
स्थानीय स्तरमा आर्थिक सशक्तिकरण र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको यस संस्थाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेसँगै सहकारी क्षेत्रको व्यवसायिकता अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि थारुले सहकारी संस्था समुदायको आर्थिक र सामाजिक विकासको मुख्य आधार भएको उल्लेख गरे। उनले आयाम सहकारीले सेवा विस्तारका लागि आधुनिक तथा व्यवस्थित भवन निर्माण गरी नयाँ चरणमा प्रवेश गरेकोमा बधाई दिँदै भविष्यमा अझ पारदर्शी, उत्तरदायी र समावेशी सेवा प्रदान गर्न सुझाव दिए ।
संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले नयाँ भवनबाट संस्थाले बचत, ऋण, बीमा, कृषि सहायता, उद्यम प्रोत्साहनलगायतका सेवा एकै छानामुनि उपलब्ध गराउने योजना रहेको जानकारी गराए । साथै, डिजिटल सेवा प्रवाह, दक्ष जनशक्ति र नवप्रविधिको उपयोगमार्फत सहकारीलाई अझ प्रभावकारी बनाइने लक्ष्य लिइएको बसेलाको भनाई छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने सहकारी क्षेत्रका अग्रजहरूलाई सम्मान समेत गरिएको थियो । उद्घाटन समारोहमा सहभागिता जनाएका स्थानीयवासीहरूले संस्था र यसको नयाँ संरचनाको खुलेर प्रशंसा गरेका थिए ।
आयाम बहुउद्देश्यीय सहकारी संस्था लि, दाङले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सञ्चालन गर्दै सहकारी आन्दोलनमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सचिव श्याम बहादुर चौधरीले गरेका थिए भने संस्थाकी प्रबन्धक सीता नेपालीले स्वागत मन्तव्य राखेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्