दाङ – देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको आयोजना तथा लमही नगरपालिकाको सहयोगमा एक दिने ट्राफिक सचेतना अभिमुखीकरण कार्यक्रम शनिबार लमहीमा सम्पन्न भएको छ । कार्यक्रम लमही नगर क्षेत्रका सर्वसाधारण, विद्यार्थी तथा सवारी चालकहरूलाई लक्षित गरी आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई ट्राफिक नियमको पालना, सडक प्रयोगको सुरक्षित तरिका, सवारी साधन सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयमा महत्वपूर्ण जानकारी दिइएको थियो ।
ट्राफिक सचेतना अभिमुखीकरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी दाङका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशन राज पाण्डेयले प्रशिक्षण दिएका थिए ।
प्रहरी अधिकृतहरूले “सडकमा सुरक्षित यात्रा हाम्रो साझा दायित्व हो नियमको पालना गर्नाले दुर्घटनाबाट बच्न सकिने जस्ता सुझाव दिएका थिए ।
कार्यक्रममा स्थानीय, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, सवारी चालकहरु गरि १ सय जनाको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्तो कार्यक्रमले जनचेतना फैलाउन ठूलो सहयोग गर्ने भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा देउखुरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष किरण विक्रम शाहले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन । अध्यक्ष शाहले सहयोगका लागि लमही नगरपालिका र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्