गन्धर्व बस्तीमा झुल वितरण गर्दै समाजसेवी पौडेल र ज्ञवालीको मानवीय पहल

दाङ समाचार
दाङ समाचार २७ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

दाङ – युवा समाजसेवी उपेन्द्र पौडेल र रविन ज्ञवालीले ‘बाँचौं र बचाऔं’ अभियान अन्तर्गत दाङका अति विपन्न गन्धर्व समुदायमा झुल वितरण गरेका छन्। गर्मी मौसमसँगै सन्चार हुँदै गएको सरुवा रोगबाट बालबालिका र वृद्धवृद्धा सुरक्षित रहुन् भन्ने उद्देश्यले उनीहरूले यो अभियान सुरु गरेका हुन्।

तुलसीपुर नजिकैको गन्धर्व बस्तीमा गई उनीहरूले दर्जनौं परिवारलाई झुल वितरण गरे । झुलले लामखुट्टेको टोकाइबाट जोगिन सहयोग पुर्‍याउने भएकाले यसले ती परिवारको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

समाजसेवी उपेन्द्र पौडेलले भने, “हामीले केवल झुल वितरण मात्र गरेका छैनौं, हामीले उनीहरूको अवस्था बुझ्न खोजेका छौं। हाम्रो अभियान सहयोग मात्र होइन, सहानुभूतिपूर्ण सम्बादको सुरुवात हो।”

त्यस्तै, अर्का समाजसेवी रविन ज्ञवालीले भने, “गन्धर्व समुदाय निकै पछाडि परेको छ। साना सहयोगबाट पनि ठूला परिवर्तन सम्भव हुन्छ भन्ने विश्वासले हामी अघि बढिरहेका छौं।”

स्थानीय बासिन्दाहरूले झुल पाएपछि निकै खुशी व्यक्त गरेका छन्। उनीहरूले पहिलो पटक कसैले यसरी निःस्वार्थ भावनाले सहयोग गरेको भन्दै समाजसेवीहरूलाई धन्यवाद दिएका छन्।

‘बाँचौं र बचाऔं’ अभियान अन्तर्गत अन्य विपन्न बस्तीहरूमा पनि यस्ता मानवीय कार्यक्रम क्रमशः सञ्चालन गर्ने योजना रहेको पौडेल र ज्ञवालीले बताएका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्