देउवाको हृदयेन्द्रलाई स्वीकार्ने प्रस्तावबारे कांग्रेस नेता ढकालले भने- ‘सत्य बोलेको हुँ’

दाङ समाचार
दाङ समाचार १० जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

दाङ – कांग्रेस नेता लोकेश ढकालले पार्टी सभापति शेरबहादुर देउवाले हृदयेन्द्र शाहलाई राजा बनाए राजसंस्था स्वीकार्ने अभिव्यक्ति दिएको भन्ने आफूले पाएको सूचनाको बारेमा प्रष्टीकरण दिएका छन्। उनले आफूले पार्टी नेतृत्वलाई अप्ठ्यारो पार्न यो जानकारी सञ्चारमाध्यममा नदिएको बताएका छन्।

उनले दिएको सूचनाको कांग्रेस पार्टी र प्रवक्ता मीन विश्वकर्माले छुट्टाछुट्टै खण्डन गरेपछि उनले भने, ‘आफ्नो नेतालाई असहज बनाउने उद्देश्य मेरो होइन। तर, मैले जुन सत्यको सामना गरेँ, त्यसलाई अभिव्यक्त गरेको हुँ।’

उनले बुधबार पार्टी सभापति देउवाको हृदयेन्द्रलाई राजा बनाएर आफूले स्वीकार्ने प्रस्ताव आफूले थाहा पाएको बताएका थिए। उनले देश सञ्चारसँग भनेका थिए, ‘देउवाको यो सन्देश निर्मल निवासमा पुगेको छ ।’ ढकालका अनुसार ‘देउवाले यो सुझाव आफ्ना एक दूतमार्फत पठाएका थिए।’ नेता ढकाल आफ्नो सूचनाबारे अडीग छन्।

उनले कांग्रेस पार्टी र पार्टी प्रवक्ताले यसबारे खण्डन गरेपछि आफूले थाहा पाएरै सत्य सार्वजनिक गरेको प्रतिक्रिया दिएका छन्। उनले भने भने,’राजनीतिमा असत्य बोल्दा तत्काल फाइदा हुनसक्ला तर त्यसले ल्याउने उपलब्धि दिगो हुँदैन भन्ने मलाई थाहा छ।’ देश सञ्चार

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्