गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस दाङ -१ का सभापति पाण्डेद्वारा शुभकामना व्यक्त

दाङ समाचार
दाङ समाचार १६ जेष्ठ २०८२, बिहीबार
1 Min Read
Aa

दाङ – आज १८ औँ गणतन्त्र दिवस, यो दिवसका अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना व्यक्त गर्दै सभापति पाण्डेले जनताको बलिदान, संघर्ष र आकांक्षाको आधारमा स्थापना भएको गणतन्त्रलाई संस्थागत गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र नागरिक अधिकारको संरक्षणमा सबैले योगदान दिनुपर्नेमा बताए ।

उनले संविधानले दिएको अधिकारको रक्षा गर्दै समावेशी, समान र समृद्ध नेपाल निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । गणतन्त्रले जनतालाई सत्ता संरचनाको केन्द्रमा पुर्‍याएको उल्लेख गर्दै उनले लोकतन्त्र र गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर हुन नदिई अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

गणतन्त्र दिवसले सबैमा राष्ट्रिय एकता, सहिष्णुता र अग्रगामी सोचको विकास होस् भन्ने शुभकामना व्यक्त गर्दै उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्