वडा प्रहरी कार्यालय लमहीद्वारा विभिन्न क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ समाचार
दाङ समाचार १९ जेष्ठ २०८२, आईतवार
2 Min Read
Aa

दाङ – वडा प्रहरी कार्यालय लमही, दाङले लमही क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था, पत्रकार, उद्योगी व्यवसायी लगायतका सरोकारवालासँग भेटघाट, अन्तरक्रिया, छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

समुदाय–प्रहरी साझेदारी सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सहभागिहरूबीच आपसी समन्वय, विश्वास र सहयोगका विविध पक्षमा विस्तृत छलफल भएको थियो। कार्यक्रममा लमही क्षेत्रमा देखापरेका सुरक्षा चुनौती, अपराध नियन्त्रण, सामाजिक विकृति–विसंगति न्यूनीकरण, लागूऔषध तथा हिंसाजन्य घटनाहरूको न्यूनीकरणबारे समेत गहन विचारविमर्श गरिएको थियो।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेयले समुदायको सक्रिय सहभागिता बिना दीगो शान्ति र सुशासन सम्भव नहुने भन्दै, प्रहरी र जनताबीचको सम्बन्ध अझै प्रगाढ बनाउन यस्तो किसिमको कार्यक्रम आवश्यक रहेको बताए। साथै, उनले अपराध नियन्त्रणका लागि सूचना प्रवाहमा समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले प्रहरी प्रशासनप्रति विश्वास व्यक्त गर्दै सुरक्षा प्रवर्धनमा आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखे। उनीहरूले प्रहरीले जनमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले प्रहरी प्रशासनप्रति विश्वास व्यक्त गर्दै सुरक्षा प्रवर्धनमा आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखे । साथै, जनमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रहरीलाई सुझावसमेत दिएका थिए । लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, निवर्तमान नगर प्रमुख कुलबहादुर केसी, नेपाली कांग्रेसका मधु न्याैपाने, नेकपा एमालेका रतनकुमार केसी लगायत सराेकारवाला पक्षकाे सहभागीता रहेकाे थियाे ।

यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमले प्रहरी र समुदायबीच विश्वासको वातावरण निर्माण गर्दै अपराध नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्