नेपालगन्जमा खुल्यो सुविधा सम्पन्न ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट

दाङ समाचार
दाङ समाचार २४ जेष्ठ २०८२, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपालगन्ज – १८ स्थित सुर्खेत रोड कारकाँदोमा नयाँ र आधुनिक सुविधा सम्पन्न ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ संचालनमा आएको छ । डेढ करोड रुपैयाँको संयुक्त लगानीमा स्थापना भएको यो क्याफे नेपालगन्जको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको सामुन्ने रहेको छ ।
शुक्रबार एक विशेष समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रेष्टुरेन्टको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख विष्टले युवा पुस्ताको यस्तो प्रयासले देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण आज यहाँका युवाहरुले देखाएका छन्।”

प्रमुख विष्टले क्याफेमा रहेको आकर्षक पारिवारिक वातावरण, कार्यक्रम गर्न मिल्ने ठूलो हल र गुणस्तरीय सेवा व्यवस्थाले आन्तरिक पर्यटनको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने बताए।

स्टार क्याफे एण्ड रेष्टुरेन्ट ९ जना युवाहरुको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टका अध्यक्ष अभिषेक अमन झाले देशमै केही गर्ने अठोटका साथ यो व्यवसाय सुरु गरिएको जानकारी दिए । “विदेश जानुको सट्टा हामीले आफ्नै देशमा रोजगारी सिर्जना गर्ने सपना देख्यौँ र त्यसलाई साकार तुल्याएका छौँ,” उनले भने ।

यस रेष्टुरेन्टमा नेपाली परिकारसँगै विभिन्न अन्तर्राष्ट्रिय परिकारहरु पनि उपलब्ध हुनेछन् । परिवार, साथीभाई तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त स्थानका रूपमा यसले नेपालगन्जमा नयाँ पहिचान बनाउने विश्वास गरिएको छ ।

यस किसिमको युवाको लगानीमा आधारित व्यवसायिक पहलले देशको आर्थिक विकासमा मात्र नभई स्वरोजगार सिर्जनामा समेत प्रेरणाको स्रोत बन्ने निश्चित छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्