दाङ – लामो समयदेखि खडेरीको सामना गरिरहेका दाङबासीका लागि आज बिहान परेको वर्षाले ठूलो राहतको अनुभूति गराएको छ । लामै समयदेखि वर्षा नहुँदा बढ्दो गर्मी, धूलो तथा पानीको अभावका कारण स्थानीयवासी हैरानीमा परेका थिए ।
आज बिहान परेको पानीले खेतबारी सिञ्चित हुनुका साथै वातावरण सफा हुने अनुमान गरिएको छ । स्थानीय किसानहरुमा रोपाइँ सुरु गर्ने आशा पलाएको छ । पानी नपर्दा जलस्रोत सुक्न थालेका थिए भने खानेपानीको समस्या पनि देखिन थालेको थियो। विद्यालय, कार्यालय र बजारमा धूलोको मात्रा अत्यधिक बढ्दा जनस्वास्थ्यमा समेत असर परेको थियो। आजको पानीले यी सबै समस्यामा केही हदसम्म सहजता ल्याएको छ ।
मौसम विभागका अनुसार यो वर्षाको क्रम केही दिनसम्म जारी रहने सम्भावना रहेको छ । नियमित वर्षा भएमा कृषिमा सुधार आउने र वातावरणीय सन्तुलन पुनः कायम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्