अहमदाबाद विमान दुर्घटनाः अहिलेसम्म १०० जनाको शव निकालियो

दाङ समाचार
दाङ समाचार ३० जेष्ठ २०८२, बिहीबार
2 Min Read
Aa

दाङ – अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । अहमदाबाद विमान दुर्घटनामा हालसम्म १ सय जनाको शव निकालिएको भारतीय संचार माध्यमले जानकारी गराएका छन । एयर इन्डियाको बोइङ-७८७ विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त बनेको थियो। विमान अहमदाबादबाट लन्डनको गेटविकका लागि ‘टेकअफ’ गरेको थियो।

विमानमा १० जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार थिए । जसमा १ सय ६९ जना भारतीय नागरिक सवार थिए भने ५३ ब्रिटिश नागरिक रहेका थिए । त्यस्तै, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेको एयर इन्डियाले जनाएको छ ।

विमान अहमदाबादबाट १:३८ बजे उडान भरेको थियो । तर उक्त विमान १:४० मै दुर्घटनामा पर्‍यो । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाग्रस्त इलाकाबाट अहिले पनि उद्दार कार्य जारी रहेको छ । पछिल्लो विवरणअनुसार करिब १०० जनाको शव निकालिएको जनाइएको छ । ठूलो मानवीय क्षति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसहित उड्यनमन्त्री राममोहन नायडू पनि दिल्लीबाट अहमदाबाद प्रस्थान गरेका छन् ।

एम्बुलेन्सबाट अस्पताल लगिएका शवहरु नचिनिने गरेर जलेका छन् । यस्तोमा प्लेनमा सवार यात्रीहरुको बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको जनाइएको छ । दुर्घटनापछि घटनास्थलमा पनि निकै समय आगो लागेको थियो। जसका कारण भग्नावशेषसमेत जलेर खरानीको डल्लोमा परिणत भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्