दाङ – बंगलाचुली गाउँपालिका वडा नम्वर ६ रिभानमा ट्याक्टर दुर्घटना हुदा ३ जना घाईते भएका छन् । दुर्घटनामा परि बंगलाचुली गाउँपालिका वडा नम्वर ६ रिभान टोल निवासी वर्ष १५ की आयुषा विक सोही ठाउँ निवासी वर्ष १५ की पुनम महरा र सोही ठाउँ निवासी वर्ष १४ का नविन महरा घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाईते मध्य पुनम महराको अवस्था गम्भिर रहेको र बंगलाचुली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि घोराही रिफर गरिएको छ । भने अन्यको बंगलाचुली अस्पतालमा उपचार भईरहेको पत्रकार जीवन रोकाले जानकारी दिएका छन ।
घोराही देखि खानेपानीको पाईप र वालुवा लिएर बंगलाचुली – ६ रिभान तर्फ जाँदै गरेको लु ४ त ९५१७ नम्वरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरले बताएको छ । दुर्घटना बेलुका ५ बजे तिर भएको बताईएको छ ।
सुधा मावि झेलनेटामा अध्ययनरत विद्यार्थीहरु स्कुलको विदा पछि घर तर्फजाँदै गर्दा बाटोमा ट्याक्टरमा चढेका थिए । ट्याक्टरको पछाडिको ढालामा बसेका विद्यार्थीहरु ट्याक्टर दुर्घटनामा घाईते भएका हुन । दुर्घटनामा परेको ट्याक्टर चालक फरार रहेको ईलाका प्रहरी कार्यालय कमिरेचौरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्