लमही – १ मा २२ जना किसानलाई सिंचाईका लागि मोटर वितरण

दाङ समाचार
दाङ समाचार १७ असार २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर १ ले कृषकहरूलाई लक्षित गर्दै सिंचाई सुविधा सुधारका लागि २२ जना किसानलाई पानी तान्ने मोटर वितरण गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष दामोदर पौडेलले किसानहरूको समस्या समाधानमा स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष पौडेलका अनुसार वडा नम्बर १ मा पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फको क्षेत्र सिंचाईको दृष्टिकोणले कमजोर मानिन्छ । खेतीयोग्य जमिनमा पानीको अभाव हुँदा उत्पादनमा समस्या आइरहेको थियो । “किसानहरूलाई सिंचाई सुविधा पुर्याउनेका लागि वडा कार्यालयको निर्णय अनुसार मोटर खरिद गरिएको हो,” अध्यक्ष पौडेलले बताए ।

वितरित मोटरहरू मार्फत अब किसानहरूले वर्षभरि खेतमा सिँचाइ गर्न सक्ने आशा गरिएको छ । यस कदमले कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने र किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास वडा कार्यालयले व्यक्त गरेको छ । स्थानीय किसानहरूले वडा कार्यालयको यो पहलप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोग जारी रहोस भन्ने आशा व्यक्त गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्