जिप्रका मकवानपुरद्वारा ८ लाख ३६ हजार बढी नगद र कौडा सहित २२ जना पक्राउ बरामद

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ असार २०८२, शनिबार
2 Min Read
Aa

दाङ – मकवानपुरको बकैया गाउँपालिका–५, राजदमारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर २२ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकाबाट ८ लाख ३६ हजार ४० रुपैयाँ नगद र ३ सेट कौडा बरामद गरिएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार, आज बिहान प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तिसुडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको संयुक्त प्रहरी टोलीले मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुमा घरधनी ४६ वर्षीय मिलन थिङसहित विभिन्न पालिका र जिल्लाका व्यक्तिहरु छन्। उनीहरूको विवरण यसप्रकार छ:

कमल थापा (४५), हेटौंडा उपमहानगरपालिका–१८, कैलाश धामी (३७), दुधौली नगरपालिका–२, सिन्धुली, फडिन्द्र प्रसाद घिमिरे (५३), हेटौंडा उपमहानगरपालिका–८, कमाने, रमेश महत (४६), हेटौंडा उपमहानगरपालिका–१६, हटिया, शेर ब. राना (४५), बागमती गाउँपालिका–६, दिपक दोङ (३३), बागमती गाउँपालिका–६ रहेका छन ।

त्यसैगरी रबि चौधरी (४६), बागमती गाउँपालिका–५, ईश्वर चौधरी (५५), गौर नगरपालिका–९, रौतहट, रोहन लुङबा (३८), बकैया गाउँपालिका–७, कृष्ण लामा (५२), हेटौंडा उपमहानगरपालिका–४, हुप्रा, बिजय तामाङ (२२), बागमती गाउँपालिका–७, बिजय साह कलवार (३५), बोधिमाई नगरपालिका–८, रौतहट पक्राउ परेका छन ।

गेहेन्द्र ब. थिङ (५५), बकैया गाउँपालिका–४, जुरेली, राजकुमार फुयाल (४०), बागमती गाउँपालिका–७, अणराज राउत (३०), बागमती गाउँपालिका–५, बेनी ब. मुक्तान (४९), मरिन गाउँपालिका–३, सिन्धुली, उमेश माझी (४३), मरिन गाउँपालिका–६, सिन्धुली, शेर ब. थापा (५५), कमलामाई नगरपालिका–१०, दिनेश लामा (३७), हेटौंडा उपमहानगरपालिका–९, लामसुरे, चित ब. पाख्रिन (३६), हेटौंडा उपमहानगरपालिका–८, कमाने, अशोक श्रेष्ठ (३५), हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमारलाई पनि प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्काले पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानूनी कारबाही अगाडि बढाइएको जानकारी दिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्