दाङ – लमहीमा गाडीले किचेर एक युवाको ज्यान गएको छ । लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाको आइतबार बिहान गाडीको चपेटामा परेर मृत्यु भएको हो ।
बानियालाई आफ्नै घरअगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीले किचेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजेतिर गाडीको टायरमा राखिएको ओट (काठ वा ढुंगा) हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको थियो । सोही क्रममा बानिया गाडीको चपेटामा परेका थिए ।
गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्