बगार बाबा धार्मिक स्थललाई नेपाल पर्यटन बोर्डद्वारा सम्मान

दाङ समाचार
दाङ समाचार ७ श्रावण २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका–९ मा अवस्थित बगार बाबा धार्मिक स्थललाई नेपाल पर्यटन बोर्डले क्यूआर कोडसहितको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको छ । पर्यटन बोर्डका सचिवले लमही नगरपालिकाका इञ्जिनियर सौगात वलीमार्फत नगरपालिकालाई सो सम्मान प्रदान गरेका हुन ।

धार्मिक एवं पर्यटकीय महत्व बोकेको बगार बाबा धाम नेपालको सयौं धार्मिक गन्तव्यहरूमध्ये एकमा पर्न सफल भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त स्थललाई विशेष सूचीमा छनोट गरेको थियो । सोही आधारमा नेपाल पर्यटन बोर्डले सम्मान प्रदान गरेको जनाइएको छ ।

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण बगार बाबा स्थलले हालसालै स्थानीय तथा बाह्य पर्यटकको आकर्षण समेत बढाउँदै आएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्