परम्परागत नागपञ्चमी पर्व आज श्रद्धा तथा भक्तिपूर्वक मनाइँदै

दाङ समाचार
दाङ समाचार १४ श्रावण २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – सनातन वैदिक परम्परा अनुसार नागपञ्चमी पर्व आज श्रावण शुक्ल पञ्चमीको दिन विभिन्न धार्मिक गतिविधिसहित श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस दिन नाग देवताको पूजा गरी घरको मूल ढोकामा नागको चित्र टाँस्ने परम्परा छ ।

मान्यता अनुसार, नागको पूजा गरी चित्र टाँस्दा वर्षभर नाग, सर्प, बिच्छी लगायतका जीवजन्तुबाट घरपरिवार सुरक्षित रहने विश्वास गरिन्छ। साथै, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने जनविश्वास रहेको छ ।

नागका बाह्र नाम भए पनि वैदिक सनातन परम्परामा आठ कूलका प्रमुख आठ नागहरूको पूजा गरिन्छ। ती नागहरू हुन् – अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख। ब्राह्मण पुरोहितमार्फत पूजाआजा गरी यिनका चित्र वा प्रतिमा घरको ढोकामाथि टाँस्ने चलन छ ।

नागपञ्चमीको दिन विशेष रूपमा खेतीपाती तथा खनजोत नगर्ने र सर्पसंग सम्बन्धित जीवजन्तु नमार्ने धार्मिक मान्यता रहिआएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्