उद्यमशील कृषि सहकारीको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दाङ समाचार
दाङ समाचार २४ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

दाङ – उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । व्यावसायिक केराखेती स्थल लमही नगरपालिका–६ ढिकपुरमा सम्पन्न साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मी शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा उपस्थित जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमले सहकारीको सिद्धान्त अनुसार अघि बढे कुनै समस्या नआउने बताउनुभयो । उहाँले राम्रा र उदाहरणीय सहकारी संस्थाहरू नै सफल भएको उल्लेख गर्दै सहकारीको मूल सिद्धान्तलाई कहिल्यै नभुल्न आग्रह गर्नुभयो ।

साधारणसभामा सचिव विश्वप्रकाश अधिकारीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पुरुषोत्तम आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा, समाजसेवी ताराप्रसाद खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, केरा उत्पादक किसान पुण्यप्रसाद कडवाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्