ह्विलचेयरमा बसी राष्ट्रपति चुनावमा मतदान गर्न पुगे मनमोहन सिंह

दाङ समाचार
दाङ समाचार २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – भारतमा आज देशको भावी राष्ट्रपतिको निर्वाचन हुँदैछ, जसका लागि विभिन्न राज्यको संसद र विधान सभामा मतदान भइरहेको छ। सो अवसरमा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका थिए।

भोटिङका ​​क्रममा बाहिरिएका उनको तस्विरमा उनी निकै कमजोर देखिएका छन्। ८९ वर्षीय मनमोहन सिंह ह्विलचेयरमा संसद भवन पुगेर केही व्यक्तिको सहयोगमा मतदान गरेका थिए। भारतमा आर्थिक सुधारको श्रेय डा. सिंहलाई दिइएको छ। उनले लगातार दश वर्ष भारतको प्रधानमन्त्री भएका थिए।

ह्विलचियरमा बसी भाेट हाल्न गएकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ। धेरैले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

भारतको १५ औँ राष्ट्रपति चयनका लागि सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्