पृथ्वी राजमार्गमा बस र विंगर ठोक्किँदा १६ जना घाइते

दाङ समाचार
दाङ समाचार ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विंगर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन्।

काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विंगर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएका हुन्।

दुबै सवारीसाधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विंगरका चालक घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए। घटना आज साँझ ५ः२० वजे भएको हो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्