अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तय

दाङ समाचार
दाङ समाचार ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।

मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन समेत गरिने अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार नै सञ्चालक समितिको बैठक बसेको थियो ।

सो बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गर्ने तय भएको हो । राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति सार्वजनिकका लागि लाइभ (प्रत्यक्ष प्रशारण) को व्यवस्था गरिएको छ ।

विभिन्न टेलिभिजनमार्फत र बैंकको आधिकारिक वेबसाइट पोटलबाट समेत प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको उनको भनाइ छ । बिहीबार मात्रै गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्