लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

दाङ समाचार
दाङ समाचार ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

दाङ– लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन्।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्