यातायात मन्त्रीको गाडी ट्राफिक प्रहरीको कारबाहीमा

दाङ समाचार
दाङ समाचार ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा २२ च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका एक जना अधिकृतले बताए ।

‘नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो,’ ललितपुर ट्राफिक प्रहरी स्रोतले बताएको छ । कारबाहीको समयमा मन्त्री सो गाडीमा भए/नभएको खुलेको छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्