दाङ – लमही नगरपालिका वडा नम्बर १ कौडियामा शिव मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन लमही नगरपालिकाका उपप्रमुख लक्ष्मि योगीले गरेकी हुन । उक्त मन्दिर बराह सामुदायिक वन क्षेत्रको परिसर भित्र निर्माण गरिएको छ ।

मन्दिर उद्घाटन गर्दै उपप्रमुख योगीले धर्मकर्ममा आस्था राख्नु राम्रो कार्य भएको भन्दै राज्यले गर्नु पर्ने काम स्थानीय आफैले गरेको भन्दै धन्यवाद समेत प्रकट गरिन । स्थानीय स्रोत साधन प्रयोग गरेर मन्दिर निर्माण गरेको बताउँदै योगीले मन्दिर व्यवस्थापन गर्न बाँकी कामलाई नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुलबहादुर केसीले धार्मिक पर्यटनलाई भित्र्याउनका लागि प्रचुर सम्भावना भएको बताए । मन्दिरको छेउमा सुन्दर शान्त वन जंगल छ, मन्दिरमा आउने भक्तजनलाई प्राकृतिक सम्पदाले भरिपुर्ण जंगलमा अवलोकन गराएर यस ठाउँलाई चिनाउन पनि कौडियाबासीलाई आग्रह गरे ।

उद्घाटन कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष नुमराज पौडेलले पनि मन्तव्य राखेका थिए ।
मन्दिर निर्माण भएपछि स्थानीय खुसी
स्थानीयहरुको सहयोगमा मन्दिर निर्माण भएपछि त्यहाँका करिब एक सय घरधुरीका मानिसहरु प्रत्यक्ष लाभान्वित भएका छन । त्यस कौडिया गाउँमा मन्दिर नहुँदा पुजाआजा गर्न त्यहाँका महिला दिदीबहिनीहरुलाई अब अन्यत्र जान नपर्ने भएको छ ।
त्यस्तै पुर्व पश्चिम राजमार्ग देखि उत्तर तर्फ जाने सडक बाटोमा खाल्डाखुल्डी परेर आवतजावतमा समस्या भएको स्थानीयले गुनासो गरे । उक्त बाटो नगरपालिकालाई मर्मत गरिदिन स्थानीयले अनुरोध गरेका छन । त्यस्तै मन्दिर परिसरमा खानेपानी, शौचालय, बिबाह पुजा गर्दा आवश्यक घर निर्माणका लागि पनि स्थानीयले नगरपालिकासंग माग गरेका छन ।
निर्माणाधिण शिव मन्दिर कौडियाका अध्यक्ष गंगादेवि देवकोटाको अध्यक्षता तथा लमही नगरपालिका उपप्रमुख लक्ष्मि योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । मन्दिर निर्माण गर्दा भएको खर्चको प्रतिवेदन मन्दिरका कोषाध्यक्ष बिमला केसीले प्रस्तुत गरेकी थिइन ।
विभिन्न व्यक्तिबाट संकलित पाँच लाख सैतिस हजार नौ सय छत्तीस रुपैयाँको लागतमा मन्दिर सम्पन्न भएको हो । सरस्वती भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण रेश्मिराज रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्