आधारभुत तह स्तरीय हाजिरीजवाफमा लमहीको गोरखा प्रथम

दाङ समाचार
दाङ समाचार १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

दाङ – प्याब्सन लमही नगर समितिले योजना गरेको आधारभुत तह ( कक्षा ६-८) स्तरीय हाजिरीजवाफ कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्याब्सन अन्तर्गतका ९ वटा विद्यालय सहभागी भएका थिए । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढाको प्रमुख आतिथ्य र प्याब्सन दाङका उपाध्यक्ष राजु यादवको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हाजिरीजवाफ कार्यक्रममा गोरखा स्कुल लमही प्रथम, ज्याेतिष्मती विद्यापीठ दाेस्राे र जइन्द्रसिंह मावि तेस्रो भएका छन् ।

कार्यक्रममा स्वागत तथा बिषय प्रवेश लमही नगर प्याब्सनका कोषाध्यक्ष कान्ता प्रसाद चाैधरीले गरेका थिए भने कार्यक्रमको सहजीकरण प्याब्सन लमही नगर समितिका सचिव लोकमान रिजालले गरेका थिए । कार्यक्रममा ९ वटै विद्यालयका प्रिन्सिपलहरूको सहभागिता रहेको प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।

साथै भाेलि १९ गते बेबिज क्यासल स्कूलमा नगर स्तरीय प्राथमिक तहकाे चित्रकला प्रतियाेगिता र पर्सि २० गते प्रिन्स स्कूलमा माध्यमिक तहकाे लाेक नृत्य प्रतियाेगिता समेत हुने भएको अध्यक्ष भुसालले बताए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्