माैका पाए प्रधानमन्त्री बनी देशकाे कायापलट कसरी हुन्छ भनी देखाउँथेँ: प्रकाशमान सिंह

दाङ समाचार
दाङ समाचार २१ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे चाहना राखेका हुन्।

उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए।

आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेकाे उनकाे भनाइ छ।

नेता सिंहले भने, मलाई साथ दिए, नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्नेकुरा म देखाउन चाहन्छु।

मैले त तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु। जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले नेतृत्व खेलेको छ।

अब प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले लिड गर्छ।’ नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताए।

उनले एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए। नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने जिकिरसमेत गरे।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्