करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ४ का २६ वर्षिय कृष्णबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनि कामको शिलसिलामा दाङ आएका थिए ।

विकलाई दंगिशरण गाउँपालिकाको बागरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्नेक्रममा आइतबार दिउँसो करेन्ट लागेको प्रहरी प्रमुख काफ्लेले बताए ।

करेन्ट लागेर गम्भिर घाइते विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बेलुका ६ बजेतिर निधन भएको प्रहरीले जनाएको छ। शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्