अरुण कुमार नेपाली- लमही
शहरी विकासमन्त्री मेटमणी चौधरीले संविधान जोगाउनका लागि आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा पनि ५ दलिय गठबन्धन आवश्यक रहेको बताए । दलित सचेतना अभियान दाङको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको शनिबार लमहीमा उद्घाटन गर्दै मन्त्री चौधरीले तत्कालीन नेकपाबाट प्रधानमन्त्री भएका केपी ओलीले दुइ दुइ पटक संविधान सभा विघटन गरी समावेशी लोकतन्त्र समाप्त पार्न खोजेपछि त्यसलाई परास्त गर्न ५ दलिय गठबन्धन गर्नु परेको मंत्री चौधरीको भनाई छ ।
मन्त्री चौधरीले आगामी मंसिरमा हुने निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेलाई जिताए संविधान र लोकतन्त्र खतरामा पर्ने भन्दै ५ दलिय गठबन्धनलाई जिताउन सबैलाई आग्रह गरे । त्यस्तै मन्त्री चौधरीले दलितका अधिकार स्थापित र सुनिश्चित गर्न आफु सधैं कटिबद्ध रहेको बताउए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले दलित शब्द नै दलितका लागि अभिसाप भएकाले यसलाई कानुनी प्रक्रिया मार्फत खारेज गर्नु पर्ने बताए । उनले समानता मूलक शिक्षाले मात्रै दलित माथिको विभेद अन्त्य गर्ने भन्दै त्यसका लागि आफुले पहल गर्ने बताए ।
दलित पुर्नउत्थानका लागि दलित आत्मनिर्भर कार्यक्रमहरु सञ्चालन गरिने बताउदै नगर प्रमुख चौधरीले त्यसका लागि नगरपालिकाले आवश्यक गृहकार्य थाल्ने बताए । उक्त कार्यक्रममा लमही नगरपालिका उप प्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओम प्रकाश सुवेदी,पत्रकार आचार्य लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्