आलोक भावुक – गढवा
गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको दोस्रो साधारण सभा तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले बेगम बहादुर गहतराजलाई अध्यक्ष पदमा सर्वसम्मत रुपले चयन गरेको छ।
अधिवेशनले गहतराजको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। जस्को उपाध्यक्षमा कमला आचार्य, सचिवमा कैलाश चौधरी, सहसचिवमा रेखा शर्मा, कोषाध्यक्षमा अशोक कुमार केसी रहेका छन ।
त्यसैगरी सदस्यहरुमा पटवारी यादव, देवकिशोर चौधरी, उमाकान्त सुबेदी, दामोदर ढुङगाना, रिना चौधरी, कमल कुमारी कुमाल, देव प्रकाश चौधरी, नारायण भुषाललाई चयन भएका छन ।
त्यसैगरी अधिवेशनले ओम प्रकाश थारु कुमालको संयोजकत्वमा २ सदस्यीय लेखा समिति गठन गरेको छ जस्को सदस्यहरुमा रम्भुनाथ चौधरी र शारदा खड्का रहेका छन ।
त्यसैगरी हेमराज अधिकारीको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। जस्को सदस्यहरुमा शकुन्तला डिसी, हिरालाल चौधरी, तुला बहादुर सिंह ठकुरी र राम प्रकाश रहेका छन ।
त्यसैगरी अधिवेशनले उमाकन्त पन्तलाई कानुनी सल्लाहकार र गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकलाई प्रेस सल्लाहकारमा चयन गरेको छ।
गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जाल गढवाका अध्यक्ष तथा गढवागाउँपालिकाको सहकारी शाखा प्रमुख अशोक कुमार यादवको सभापतित्व तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिकाका न्यायिक समिति सदस्य रेखा थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
गढवा गाउँपालिका वडा नम्बर १ को कुलपानीमा सम्पन्न अधिवेशनमा संस्थाका सचिव बेगम बहादुर गहतराजले प्रतिवेदन र संस्थाले गरेको कामकाजको जानकारी दिएका थिए ।
कार्यक्रममा गढवा गाउँपालिका भित्र रहेको ५९ सहकारी मध्ये ४५ वटा सहकारी संस्थाहरु मात्र क्रियाशील रहेको पाईएको छ। कार्यक्रममा गढवा गाउँपालिमा क्रियाशील रहेको सबै सहकारी संस्थाहरुको प्रतिनिधिहरु उपस्थिति रहेको थियो।
कमला आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका सचिव बेगम बहादुर गहतराजले गरेका थिए ।
कार्यक्रममा कुलपानी सामुदायिक वनका पूर्व अध्यक्ष देवलाल यादव, राजितराम यादव, हेमराज शर्मा अधिकारी, शकुन्तला डिसी, हरी प्रसाद यादव, कानुनी सल्लाहकार उमाकन्त पन्त, समाजसेवी हिरालाल चौधरी, परि सहकारी संस्था लिमिटेडका अध्यक्ष दामोदर ढुङगाना, शम्भुनाथ चौधरी, ओम प्रकाश चौधरी लगायतकाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्