दाङ– प्यूठानमा भएको जीप दुर्घटनामा दुई जना बालकको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका– ६ मा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एकै घरका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुशिल कुमार थापाले जानकारी दिए ।
उनीहरुको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । नौबहिनी गाउँपालिका–५ डामृका रेमसरा बुढामगरको ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी नवजात शिसु चेतना बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक थापाले बताए ।
बाग्दुलाबाट डामृ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप बाहाने नजिकै खहरे खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका १२ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्युठान प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्