काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् ।
गिरीको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सन्जालमा लेखेका छन्, ‘गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
उनले शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।
घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति साढे ९ बने निधन भएको थियो ।
भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरीको स्वास्थ्यमा समस्या बढेपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्