प्युठानमा विङ्गर गाडी दुर्घटना हुँदा एकको अवस्था गम्भीर

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – प्यूठानमा सानो गाडी दुर्घटना हुँदा आठ जना यात्रु घाईते भएका छन। दाङको भालुबाङबाट प्यूठान जाँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर गाडी प्युठानको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो ।

घाईतेमध्ये १ जनाको अबस्था गम्भीर छ। अन्य ७ जना समान्य घाइते भएका रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

घाईतेहरुलाई उद्धार गरि उपचारका लागि भालुवाङ ल्याइएको छ । ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो ।

घाईतेहरुको सरुमारानी गाउँपालिकाका नगरप्रहरी, नेपाल प्रहरी सहित स्थानियले उद्धार गरेको उद्दार गरि अस्पताल पठाएका छन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्