पक्राउ परेका आफ्ना कार्यकर्ताको तत्काल रिहाइको माग

दाङ समाचार
दाङ समाचार ७ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर र घोराहीबाट पक्राउ परेका पत्रकारसहित ८ जनालाई तत्काल रिहाइको माग गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्द शान्तिपूर्ण गर्ने र शान्तिपूर्ण तरिकाले नेता कार्यकर्ताहरू सडक, सहरमा उपस्थित भइरहेको सन्दर्भमा राज्य पक्षबाट अनावश्यक आतङ्कित पार्ने, भए र त्रास सृजना गर्ने जस्ता हर्कत गरेको भन्दै विरोध जनाएको छ ।

सेक्रेटरी प्रदिपद्धारा जारी विज्ञप्तिमा शान्तिपूर्ण बन्दमा सहभागि भइरहेको बेला तुलसीपुरको विरेन्द्र चोकबाट कार्यकर्तामाथि हस्तक्षेप, धरपकडको, लछार र पछार गरी मजदुर नेता सञ्जय वली, युवा नेता सुदर्शन, दिपेन्द्र र पत्रकार हेमन्त वली तथा घोराहीबाट विद्यार्थी नेताहरू क. सुमन, क. टार्जन, क. हिमाल सहित ४ जनालाई गिरफ्तार गरेको भन्दै गिरफ्तारीको घोर भर्त्सना गर्दै तत्काल रिहाइ गर्न जोडदार माग गरेका छन् ।

यदि अनावश्यक रूपमा राजनीतिक प्रतिशोधका कारण रिहा नगरी दुःख दिएमा थप संघर्ष र आन्दोलनका कार्यक्रम गर्न वाध्य पनि विज्ञप्तिमा उल्लेख छ । हामीले तोडफोड र आगजनी गरेका छैनौँ नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्द कार्यक्रम बिहान ५ बजे देखी बेलुका ५ बजे सम्म रहेको जनाएको छ ।

साथै , बन्दमा आगजनी तथा तोडफोडका कुनै कार्यक्रम नभएको हुँदा उक्त समय भन्दा अगाडि घोराहीको बबई खोलामा भएको टिपर आगजनी आफ्नो पार्टीको तर्फबाट नभएको पनि विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

निर्धारित समय भन्दा अगाडि पछाडि हुने जति पनि गतिविधि अराजक समूह तत्व र यो दलाल व्यवस्थाको चरम संकट,असफल,आन्तरिक खिचातानी र द्धन्दका कारण हुने गरेको पनि जनाएको छ ।

यस्तै,नेपाल कम्युनिस्ट पार्टी र राज्य पक्ष बिच भएको ३ बुँदे सहमति कार्यान्वयन,चर्को मूल्य वृद्धि, एमसीसी र एसपीपी विरुद्धमा चरण बद्ध सङ्घर्षका कार्यक्रम सहित गरिएको पनि पार्टीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्