ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्कटर पल्टिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा एक बालक घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ।

हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भईसडकबाट करिब १० मीटर तल खसेको थियो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्