थारु र पहिचानवादीका एजेण्डा कमजोर बनाउने षडयन्त्र – लक्षमण थारु

दाङ समाचार
दाङ समाचार १० भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ– नागरिक उन्मुक्ती पार्टीका बरिष्ठ नेता लक्ष्मण थारुले ठूला दललाई मंसिर ४ को निर्वाचनबाट जवाफ दिने बताए । नागरिक उन्मुक्ती पार्टीले दाङको लमहीमा आयोजना गरेको राजनीतिक जागरणसभामा बोल्दै बरिष्ठ नेता थारुले ठूला पार्टीका नेताहरुले थारु र पहिचानवादीका एजेण्डा कमजोर बनाउने षडयन्त्र गरिरहेको भन्दै आफ्नो पार्टीको सङगठन विस्तारको अभियानकोृ सार्थकता निर्वाचनले देखाउने दावी गरे ।

उनले भने, ‘छोटो समयमै एकलाख भन्दा बढी पार्टी सदस्य निर्माण गरेका छौ, दिनप्रतिदिन अनय पार्टी छाडेर आउनेको भिड छ ।’ यस्तै नेता थारुले टिकापुर घटनामा संलग्न नभएका वइत्तिहरुलाई पनि सरकारले योजना वछ रुपमा जेल हालेको भन्दै आक्रोस ब्यक्त गरे। टिकापुर घटना भएको दिन आफु दाङमै भएको स्मरण गर्दै थारुले थारु आन्दोलन कमजोर बनाउन निर्दोषलाई जेल पठाउने मुद्धा चलाउने काम भएको बताए । रेशम चौधरीको अविलम्म रिहाई माग गर्दै उनले निर्वाचनमा एमाले, काँग्रेस, माओवादी र मधेशवादी दलले आश्वासन दिने निर्वाचनपछि विर्सने गरेको आरोप लगाए ।

यस्तै कार्यक्रममा अर्का बरिष्ठ नेता सुरेन्द्र चौधरीले पार्टीको संङगठन विस्तार जारी रहेको जानकारी दिदै देउखुरी क्षेत्रबाट उम्मेदवार भन्ने ठ्रला दलका नेता थारु विरोधी भएको आरोप लगाए । नागरिक उन्मुक्ती पार्टीले पहिचान र उत्पीडीत बर्गको लागि संघर्ष दावी गर्दै आफु प्रतिनिधिसभाको निर्वाचनमा देउखुरीबाट उम्मेदवार उम्दवार बन्ने भएकाले सहयोग आग्रह गरे।

No description available.

कार्यक्रममा नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आफुहरुको पार्टीमा जनलहर आएको दावी गरिन । स्थापना भएको छोटो समयमा चारवटा पालिका जित्न आफ्नो पार्टी सफल भएको स्मरण गर्दै उनले जेल भित्रबाट स्थापना भएको पार्टीले थारु र पहिचान पक्षधर, उत्पीडीत पक्षमा वकालत गर्ने, जातियताको विरोध कहिल्यै नगर्ने स्पष्ट पारिन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्