मन्त्रीले दिए स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री

दाङ समाचार
दाङ समाचार १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – पश्चिम दाङका जनतालाई स्वास्थ्य उपचारका लागि तुलसीपुर बजार नै आउनु पर्ने अवस्थाको अन्त्य गर्नेमा आफुले सक्दो प्रयास गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले बताए । चुनाव नजिकिंदै गर्दा कार्यकर्तासंग भेटघाट गर्न गृह जिल्ला दाङ आइपुगेका मंत्री केसीले स्वास्थ्य चौकीलाई सामग्री हस्तान्तरण गर्दै यस्तो बताएका हुन ।

आगामी दिनमा पनि आबश्यकता अनुसार स्वास्थ्य चौकीलाई स्वास्थ्यका सामग्री उपलब्ध गराउने प्रतिबद्दता व्यक्त गरे । शान्तिनगर गाउँपालिकाको चिराघाट स्वास्थ्य चौकी, बबईको पञ्चकुले स्वास्थ्य चौकी र हापुरे अस्पताल तथा दंगीशरणको बागर स्वास्थ्य चौकीमा स्वास्थ्यका सामग्री प्रदान गरिएको मंत्री केसीका प्रेस सल्लाहकार प्रशान्त वलीले जानकारी दिए ।

मंत्री केसीले मोवाईल एक्सरे मेसिन, डिजिलट वीपी सेट, ईन्फारेट थर्मोमिटर, पल्फ अक्सिमिटर, ईसिज मेसिन, अक्सिजन कन्स्ट्रेटर, मास्क, हेन्ड सेनिटाइजरलगायतका सामग्री हस्तान्तरण गरेका हुन।

साथै उनले स्वास्थ्य बीमाको रकम पनि बढाएर ३ लाख बनाउन पहल थालिरहेको बताएका छन । आफ्नो कार्यकालमा जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत उनको भनाई छ । यस अघि राज्यमन्त्री केसीको पहलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वटा र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८ वटा डायोलाइसिस मेसिन आएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्