सिट बाँडफाँडका लागि कार्यदलकाे बैठक बस्दै

दाङ समाचार
दाङ समाचार १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडाैँ – पाँच दलीय सत्ता गठबन्धनकाे कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनेछ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन दलहरूबीच सिट बाँडफाँटका लागि बैठक बस्न लागेको हो। बुधबार बसेको बैठक बिनानिष्कर्ष सकिएकाे थियाे।

गठबन्धन भित्रका दलहरूले सिटमा आफ्नो-आफ्नो दाबी नछोड्दा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन। दलहरू दाबी गरेको सिटबाट पछि नहट्दा असहज परिस्थिति पैदा भएको छ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्र ६० सिटको दाबीको अडानबाट पछि हटेको छैन। नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्