सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ– पूर्व पश्चिम राजमार्गको सुनसरीको कोसी गाउँपालिका खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार विहान कोसी गाउँपालिका–११ पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सप्तरी फत्तेपुर– ५ बस्ने  ३५ वर्षीय प्रकाश गोजेवार र सप्तरी सप्तकोशी– ६ का  ३६ वर्षीय दुर्गानन्द चौधरी गम्भिर घाइते भएका थिए । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।

गोजेवारको इनरुवा र चौधरी थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्