च्याउ खाँदा एकै घरका ५ जना बिरामी

दाङ समाचार
दाङ समाचार २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – तुलसीपुर उपमहानगरपालिका १६ ललौरामा बाहिर राखेको परालमा उम्रेको च्याउ खाँदा एकै घरका ५ जना बिरामी परेका छन।

उनिहरुले आइतबार बेलुकी च्याउ पकाएर खाएको ईलाका प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन ।

प्रमुख मल्लका अनुसार बिरामी हुनेमा तुलसीपुर १६ ललौरा निबासी ५५ बर्षका माघे चौधरी, ३४ बर्षका बिनोद चौधरी, ३४ बर्षकी बसन्ता चौधरी, १६ बर्षकी कोपिला चौधरी, १२ बर्षकी प्रभा चौधरी रहेका छन।

उनिहरुमा बान्ता हुने समस्या देखिएपछि उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा ल्याईएको थियो। उनिहरुलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले बताएको छ। ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्