दाङमा डेंगुबाट संक्रमित एक महिलाको मृत्यु

दाङ समाचार
दाङ समाचार २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १४ निबासी ४० बर्षिय महिला माया कुमारी विसीको डेंगुबाट मृत्यु भएको हो ।

विसी उपचारका लागि आज बिहान घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन । विसीको ल्याब टेष्ट गर्दा डेंगु पोजेटिभ देखीएको थियो ।

उनको उपचारका क्रममा अक्सिजन लेभल, प्रेसर घटेपछि मृत्यु भएको प्रतीष्ठानका चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

पछिल्लो समय दाङ जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ । प्रतिष्ठानका अनुसार दैनिक ४ देखि ५ जना डेंगु पोजेटिभका बिरामी भेटिन थालेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्