वाणिज्य विभागको महानिर्देशकमा महेश भट्टराई

दाङ समाचार
दाङ समाचार २९ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जम्मेवारी महेश भट्टराईलाई दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो ।

भट्टराई यसअघि अर्थमन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए । विमानस्थल भन्सारमा १० महिना काम गरेका उनले झिटीगुन्टाको सुन दुरुपयोग रोक्न नतिजामुखी काम गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्